Pages

Friday, June 14, 2013

आजभोलि

मलाई मन छैन रेडियो सुन्न आजभोलि
विरहका धुन मात्र सुनाउँछ रेडियो
मलाई मन छैन टेलिभिजन हेर्न आजभोलि
निराशाका गीत मात्र देखाउँछ टेलिभिजन
मलाई मन छैन अखबार पढ्न आजभोलि
दुर्घटनाका खबर मात्र छाप्छ अखबार
मलाई मन छैन बोल्न तिमीसित आजभोलि
केवल हारका मात्र कुरा गर्छौ तिमी ।