Pages

Wednesday, February 5, 2014

बन्न सकिनँ





भोक लागेको बेला
पिउनेहरूको बीचमा बसेर
पिउँदिन भनेर तर्किन सकिनँ

एक बोतल चढाएँ ।

जाँदै थिएँ कलेज
उनीहरूले अन्तै जाऊँ भने
भो म जान्नँ भनेर फर्किन सकिनँ

उनीहरूसँगै पाइला बढाएँ ।

तिमी बिरामी छ्यौ, याद छ आमा
आज पनि उनीहरूले बोलाए र गएँ।
भान्सा कुरी बसेकी छ्यौ, थाहा छ प्यारी
आउँछु भन्दाभन्दै
घरमा आज पनि ढिलो भएँ ।


उनीहरूले छोडिदे घरको टेन्सन भने
मैले हुन्न भन्न सकिनँ ।
कैले ख्वाए उनीहरूले, कैले मैले ख्वाएँ
स्कूल भर्ना गर्दिनु छ भाइलाई
पैसा दिन्न भन्न सकिनँ ।

उनीहरूले जिस्काएको केटी मेरै आफन्त थियो
मुन्टो बटारेँ आफ्नै
तर
उनीहरूलाई रोक्न सकिनँ ।
झोँक नचलेको कहाँ हो र मलाई मात्र
तर
रिस उनीहरूमाथि पोख्न सकिनँ ।



उनीहरूले भनेको ठाउँमा पैसा फालेँ
उनीहरूले जे भने, त्यही काम थालेँ ।

उनीहरू आफ्नै साथी हुन् मेरा
साथीहरूभन्दा फरक बन्न सकिनँ ।
न आमाले सोचेजस्तो बनेँ
न बाबाले खोजेजस्तो बनेँ
तिमीले ठानेजस्तो म बन्न सकिनँ
आफैँले भनेजस्तो म बन्न सकिनँ ।

2 प्रतिक्रिया:

Regan Bhandari said...

wah wah..

Kamal Budha इमान्दार said...

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

Post a Comment