विश्व विद्यालयको डिग्री थन्क्याएर युवा
कुरिहेछन् खाडी जाने विमान
देश बनाउने कसम खाएकाहरू
सत्तमा पुगेपछि बेचिरहेछन् इमान
कालो छ अँध्यारो छ भविष्य देशको
छैन सफा र उज्यालो
किन रङ्गिन छैनन् रङहरू आफैं
देखिन्छ केवल कालो
ऐठन हुन्छ छटपटी हुन्छ
लाग्छ कता भागूँ ? कता लागूँ ?
जता हेर्यो कालै मात्र देख्छु
कसरी मनाउनु रङको पर्व फागू ?
३० फागुन, २०८१
0 प्रतिक्रिया:
Post a Comment