
तिमीले देखेको सपना
मैले देखेको सपना
फुल्नै नपाइकन झर्यो
फक्रिनै नपाइकन मर्यो
वैशाखमा साइतै जुरेन
कुर्दाकुदै समय
मंसिर पनि त्यसै तर्यो ।
उसले जन्मिनुपर्छ
चाहना तिम्रो पनि हो
इच्छा मेरो पनि हो ।
जन्मेर मात्र हुँदैन
जन्मिनुपर्छ
स्वस्थ्य, हृष्टपुष्ट र तन्दुरुस्त
किनकी,
उसको खुसीसँग तिम्रो खुसी जोडिएको छ
उसको हाँसोसँग मेरो हाँसो गाँसिएको छ
उसको जिन्दगीसँग हाम्रो जिन्दगी बाँचेको छ ।

त्यसैले,
बाधाहरू तोडेर आऊ
शंकाहरू छोडेर आऊ
म विश्वास बोकेर आउँछु
हातमा हात मिलाउँछु
तिमीले देखेको सपना
मैले देखेको सपना
फुल्न पाउनुपर्छ अब झर्नुहुन्न
फक्रिन पाउनुपर्छ अब मर्नुहुन्न
उसले जन्मिनु हतार भैसकेको छ
अब कुनै साइत कुर्नुहुन्न ।
9 प्रतिक्रिया:
दाआआआमी कविता.. जति बुझेँ त्यतिनै खुव राम्रो लाग्यो ।
रमाइलो अनि मिठा कल्पनाहरुमा रंगिएको कबिता। सायद एकलयात्री नै भएकोले होला भावनामा पनि युगलको मिठो आशा बोकेको कविताले । हा हा हा
उसले जन्मिनु हतार भैसकेको छ
अब कुनै साइत कुर्नुहुन्न ।
मिठो र प्रेरणादायी कविता
हो यात्री जी ! अब कुनै पनि असल कामको लागि – साइत कुरेर बस्नु हुन्न ! ढिला गर्ने बानि हटाउने गर्नु पर्छ | यो सद बुध्दि नेपाली लिडर्स हरुमा आओस !
गज्जब! भाव र प्रतीकहरुको कुशल संयोजन छ।
एकल यात्री र उहाँका सहयात्री पाठकहरुमा नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!
Dami ....
Happy New Year !!
mero bujhai nai farak bhaera ho ki kunni.. kabita rajnaitik chetana bokeko nikai krantikari lagyo.. ekdam mithoo, satik ra yathartha...
badhai chha yatri g..
happy new year 2010 !!!
साहित्य राजनीतिबाट कसरी अलग रहन सक्छ र, चन्द्रजी ? जीवनका निम्ती लेखिएका साहित्यले जीवनकै कुरा बोकेको हुन्छ।
Thanx a lot to all
but
Eyes are filled with pond of tear
Mind is filled with unknown fear
Heart is paining, hard to bear
In this condition,
How can I say
Happy New Year?
Post a Comment