चुहिएको छानो चर्किएको गारो भाँच्चिएका दलिनहरू मक्किएका झ्याल–ढोकाका खापाहरू भत्कनै लागेको एउटा पुरानो घर । पुरानो घरमा एउटै नयाँ कुरो नयाँ वर्षको नयाँ क्यालेन्डर ।
सुख्खा मरूभूमिमा
तिमीले
रंगीचंगी फूल चाह्यौ
शिशिरको जाडोमा
तिमीले
सुन्दर वसन्त माग्यौ
तिमीले चाहेको
फूल हूँ म
तिमीले मागेको
वसन्त हूँ म ।
In cold moment,
You searched warm light
You chose bright morning,
In dark night
I am the light
You r searhing for
I am the morning
You are looking for.
In dry desert,
You desired color flower
You demanded beautiful spring,
In cold winter
I am the flower
You desired
I am the spring
You demanded.
रात; निदाउनेहरुका लागि हो आँसु; रुनेहरुका लागि हो विश्राम; थाक्नेहरुका लागि हो जिब्रो; बोल्नेहरुका लागि हो रुप; देखाउनेहरुका लागि हो मृत्यु; हार्नेहरुका लागि हो
कालो रात हैन उज्यालो दिन चाहन्छु म बग्ने आँसु हैन उन्मुक्त हाँसो चाहन्छु म विश्राम हैन निरन्तर हिँड्ने पाइला चाहन्छु म बोल्ने जिब्रो हैन पौरखी पाखुरी चाहन्छु म सुन्दर रुप हैन सफा मन चाहन्छु म पराजित मृत्यु हैन संघर्षशील जीवन चाहन्छु म
किनकी जाग्नेहरुका लागि हो, दिन खुसी हुनेहरुका लागि हो, हाँसो हिँड्नेहरुका लागि हो, पाइला पौरख गर्नेहरुका लागि हो, पाखुरी खुल्नेहरुका लागि हो, मन जुध्नेहरुका लागि हो, जीवन ।
बाँकी नै छ
जाडो घटेकै हो नघटेको भन्दिनँ अन्धकार हटेकै हो नहटेको भन्दिनँ तैपनि, लड्दालड्दै अँध्यारोसँग अडिइहाल्ने बेला होइन यो मित्र आकाशलाई ढाकेको बादल फाट्न बाँकी नै छ धरतीलाई छोपेको कुहिरो हट्न बाँकी नै छ ।
रक्तिम किरणले अन्धकार पछार्नै लागेको बेला लामो निद्राबाट ब्यूँझी जुर्मुराउँदै जागेका बेला रात ढलेकै हो नढलेका भन्दिनँ तारा झरेकै हो नझरेको भन्दिनँ तैपनि, गाउँदागाउँदै उज्यालोको गीत रोकिइहाल्ने बेला होइन यो मित्र अझै बिहान हुन बाँकी नै छ भालेको डाक सुन्न बाँकी नै छ ।
पाखामा रक्ताम्ये लाली गुराँस फुलेका बेला घामको स्वागतमा मुस्काउँदै सूर्यमुखी झुलेका बेला फूल फुलेकै हो नफुलेको भन्दिनँ पुतली डुलेकै हो नडुलेको भन्दिनँ तैपनि, जुध्दाजुध्दै शिशिरसँग थामिइहाल्ने बेला होइन यो मित्र कोइलीले गाउन बाँकी नै छ वसन्त आउन बाँकी नै छ ।
छोरोसित
–हृदयचन्द्रसिंह प्रधान
१
ए छाप्रो बन्दै गइरहेको कंगाली
घरमा जन्मेको छोरो
मलाई लाज भइरहेको छ कि
किन म बाबु बनिरहेको छु
बोक्नेसम्म समर्थ हुनासाथै तँलाई
मैले सानैदेखि भरिया गराउनु छ
मेरो राजा सन्चो नभएर काममा
जान नखोजेको दिन
‘स्वाँगी ! कामचोर ! तँलाई आज
म भात खुवाउन सक्तिनँ’
मैले भन्नुपर्नेछ
‘साथीहरुसित सफर जानुप-यो
बा एक मोहर !’ भनेको बेला
स्वाभाविक ममता दबाएर
‘चुलो नबल्ने याद गर पाजी !’
म हपार्नेछु ।
सुत्ने बिछ्यौना तँलाई
दिन सक्ने छैन
नाङ्गो आङ बिज्याएर पनि तैँले
सुकुलमा सुत्ने अभ्यास गर्नुपर्छ
थाल नभएको हुनाले सौभाग्यवश
मासु भात पाएको दिन
पातको प्वालबाट आधा मासुको
रस चुहाएर तैँले
मनको आँसु खसाल्नुपर्नेछ ।
२
हो गृहस्थी बन्ने मेरो हकै थिएन
भूलले बिहे गरेर तँलाई
दुःख भोग्ने पुतला
सिर्जिरहेको छु
त्यसैले आफूलाई ‘तेरो जन्मदाता’
भन्ने दाबा गर्न समर्थ ठान्दिनँ
के गरुँ बाबु मलाई पनि
रहर लाग्यो
पारिवारिक सुखमा गरिबी बिर्सने
मृगतृष्णा देखेँ
मेरो दीन स्थितिलाई पनि
यौवनले उत्ताउलो बनाइदियो
अनि-
भविष्यसम्म नियाल्न नसक्ने
मेरो युवक उमङ्ग
नाची-नाचीकन
विवाह-बन्धनमा जकडियो
फलस्वरुप बाबु तैँले पनि
दुःखको भागी हुनुप-यो !
दीन स्थितिले गर्दा आज तँजस्तो
सुन्दर छोरो पाएर पनि
मैले हाँस्न सकिनँ ।
३
तँलाई पाएर न्वारान पास्नीहरुको
यादमा पुरोहित बाजे
हाँसिरहेका छन्
भोजको नाउँमा टाउकोमा मकै
भुट्ने कुटुम्बहरु पास्नीको दिन
गनिरहेका छन्
म रोगी मरन्च्यासे भएर होइन
आफ्नो धन डुब्ला भन्ने डरले
चिन्तित भइरहेका
मेरा साहूहरु पनि
बाबु तँलाई पाएर
निश्चिन्त भइरहेका छन्
मेरो पसिनाले उनीहरुको
ब्याजसम्म पनि टार्न नसकेकोले
तँमा रगत पाकेर सुडौल भएपछि
तेरा घाँटी पनि
उनीहरुले दबाउनेछन्
४
मेरो छोरा तँ जन्मेको संसार
अझ देश
केही सुन्दर र सजिलो
भइसकेको छैन
मनुष्यत्वको मूल्य थाहा पाउने
महान् आत्माहरुको बलिदानले
फुलिरहेको सभ्यता
एकाध स्वार्थीहरुको
दाउपेचले उड्दैछ
बढ्दै गइरहेको संसारको
असजिलोपनाले भइरहेको
सुख-शान्तिको मृत्य देखेर
मेरो अशक्त र रोगी जीवनमा पनि
युद्ध गर्ने संकल्प जन्मिरहेको छ
आतंकले त्रस्त भएर सुतिरहेको
साहस ब्युँतिरहेको छ
तर मलाई थाहा छ मेरो बल
विजयी हुनसम्मको समर्थ छैन
त्यसैले छोरा तैँले पढेर
विद्वान बन्ने
जानेर ठूलो बन्ने
अनि प्रतिभाशालीको हकदार बन्ने
मौका पाउनेछैनस्
शरीरमा रगत र मासु
राख्न पाउनेछैनस्
अनि मबाट कुनै सुखको सास
फेर्न पाउनेछैनस्
छोटकरीमा भनूँ तैँले मबाट
कुनै जिन्दगी पाउनेछैनस् !
तर तेरो बर्बाद भएको जिन्दगीले
संसारलाई जिन्दगी दिन सक्नुपर्छ
तेरो बल नभएको आत्माले
जड जगाउनुपर्छ ।
५
मेरो प्यारो मेरो मृत्युको निम्ति
तँ सारै जरुरी छस् रे
तर अग्नि संस्कारको निम्ति
तँलाई मैले चाहेको छैन
मेरो लासलाई गिद्ध-स्यालले
लुछ्लान् भनेर
तँ दागबत्तीले तयार भएर
मलाई पर्खिनरहेस्
तँमा आगो छ भने
आगलागी भएर
संसारको अप्ठ्यारो भस्मीभूत गर
तँमा पानी छ भने मलाई
तर्पण दिएर नसिध्याएस्
बाढी बनेर जगतमा
उथलपुथल ल्याएस्
मेरो प्यारो छोरा वंश चलाउन र
परम्पराको प्रचार गर्नलाई
तँलाई मैले चाहेको छैन
त्यसैले
श्राद्ध-काण्डमा अलमलिएर
पुन नामको नरकमा
मलाई खोज्ने
वृथा कष्ट नगरेस् ।
६
बरु-
दारिद्र्य-यन्त्र ध्वस्त पार्ने
योद्धा भएर तँ
कर्मठहरुको नयाँ संस्करण बन्
शहीदहरुको पुनर्जन्म बन्
मानिसहरुको मुखमा
मुस्कान भर्ने तँ
सुन्दर शीघ्र भविष्य बन् ।
हाँसेर बढेको भन्दा प्यारो तँ
रिसाएर मरेको म मीठो मान्नेछु
यसैले शीतल पङ्खा भएर
दुई-चार जनालाई
ठण्डा दिएको भन्दा
तह मिलाउनको निम्ति
आँधी भएर ढलेको
मन पराउनेछु
मेरो प्यारो
कहिल्यै उज्यालो तुल्याउन नसकेको
हाम्रो छाप्रोमा
बत्ती बालेर झिलिमिली पार्ने
अल्झोमा तँ कहिल्यै न अल्झेस्
तँ आफै संसारको
बत्ती बनेर बाँच्न नसके
तेरो बाटोमा लाग्ने सपूत
एक दिन उज्यालो लिएर
तेरो छाप्रोलाई पूजा गर्न आउनेछ ।
0 प्रतिक्रिया:
Post a Comment