Pages

Wednesday, April 13, 2011

पुरानो घर




चुहिएको छानो
चर्किएको गारो
भाँच्चिएका दलिनहरू
मक्किएका झ्याल–ढोकाका खापाहरू
भत्कनै लागेको एउटा पुरानो घर ।
पुरानो घरमा
एउटै नयाँ कुरो
नयाँ वर्षको
नयाँ क्यालेन्डर ।


0 प्रतिक्रिया:

Post a Comment