
बसेकाहरूको टाउकामा टेकेँ
हिँड्न खोज्नेको बाटो छेकेँ
निहूँ खोज्नेलाई पिटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।
अघि बढ्न खोज्नेको खुट्टो तानेँ
आफूलाई तान्नेलाई लात्तले हानेँ
शक्ति देखाएँ, विचार मेटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।
कुटाकुट कति, कति झगडा भए
लुला हातगोडा पनि तगडा भए
विरोधी जति जम्मैलाई खेदेरै छाडेँ
हो, आखिर मैले जितेरै छाडेँ।
4 प्रतिक्रिया:
हो यस्तरी नै जितछन नेता भानाउदाहरुले, सायद अहिले को स्ववियु निर्वाचन पनि यस्तै भो जस्तो छ - पुरै रडाको मच्चिएको सुनेथे ।
तर जे भए नि जितेरै छाडे ................ जितने हरुले ...
जित्नु ठुलो कुरो हो दाइ !! बधाई छ !!
क्या सटीक! क्या यथार्थ! गज्जब छ!
ekal yaatri GU!
Namaste ! thank you for your nice comment (advice) and i saw your art this is very nice art (site) designing is also look like good.
Post a Comment