एउटा कविता जो छापिन्छ पाठ्यपुस्तकमा, तर लेख्नेलाई थाहा हुन्न। आज त्यही कविताको चर्चा गर्ने जमर्को गरेको छु। २०५७ सालमा जब म सानै थिएँ, बाल साहित्यमा रुचि राख्थेँ र त्यहीताका एउटा कविता रचेँ 'मेरो धोको छ'। बालपत्रिकामा छाप्ने रहरले 'बालकोसेली' पत्रिकाका सम्पादक लाई कविता बुझाएँ। तर कविता छापिएन। यसपछि सो कविता कसैलाई दिएको पनि छैन, मेरै पाण्डुलिपिमा मात्रै सुरक्षित थियो।
पाँच दिन अघि मात्र स्कूल (जहाँ म पढाउँछु) का एक विद्यार्थीले एउटा किताब देखाउँदै सोधे, 'सर यो कविता तपाईँले लेख्नुभएको हो ?'
मैले किताब हातमा लिएँ र पढेँ । कविता मेरै हो र नाम पनि मेरै छ। 'हो मैले नै लेखेको हूँ' मैले जवाफ दिएँ।
'हाम्रो सरले लेख्नुभएको कविता' उनी रमाउँदै कक्षाका साथीलाई सुनाउन हिँडे। म रमाउन सकिनँ। कसरी छापियो मेरो कविता त्यो पनि मेरो स्वीकृतिबिना ? मैले किताब फेरि हेरेँ। कक्षा ३ का लागि पालुवा प्रकाशनले प्रकाशन गरेको त्यो किताब २०६४ सालमा पहिलो पल्ट छापिएको रहेछ।
मैले बालकोसेलीलाई दिएको कविता 'पालुवा'ले कहाँबाट पायो ? त्यसमाथि लेख्ने मान्छेलाई एक पल्ट पनि नसोधी किन छाप्यो ? यी कुराहरु बुझ्ने प्रयास गर्दैछु। लेख्नेलाई गुमराहमा राखेर सिर्जना छाप्ने अधिकार कसैलाई छैन।
त्यो कविता यसप्रकार छः
दिनभरि मेलापात पिठ्यूँमाथि डोको छ
कापी कलम किताब लिई पढ्ने धोको छ
पढ्न लेख्न नपाउँदा मन साह्रै रो’को छ
तर मलाई ठूलो मान्छे बन्ने धोको छ
गरीब छु म तर मेरो मनचाहिँ चोखो छ
अरुसरह हाँसी-खेली बस्ने धोको छ
खान्छन् कोही मीठा-मीठा पेट मेरो भोको छ
पेटभरि खाने मेरो ठूलो धोको छ
श्रम गर्छन् एकथरि धन थुपार्ने को-को छ
गरीब-धनी सम्मिएको हेर्ने धोको छ
मनभरि चाहना र आकांक्षा र चाहनाको पोको छ
उडी-उडी चन्द्र छुने मेरो धोको छ ।
२०५७/४/८

मेरो धोको छ
दिनभरि मेलापात पिठ्यूँमाथि डोको छ
कापी कलम किताब लिई पढ्ने धोको छ
पढ्न लेख्न नपाउँदा मन साह्रै रो’को छ
तर मलाई ठूलो मान्छे बन्ने धोको छ
गरीब छु म तर मेरो मनचाहिँ चोखो छ
अरुसरह हाँसी-खेली बस्ने धोको छ
खान्छन् कोही मीठा-मीठा पेट मेरो भोको छ
पेटभरि खाने मेरो ठूलो धोको छ
श्रम गर्छन् एकथरि धन थुपार्ने को-को छ
गरीब-धनी सम्मिएको हेर्ने धोको छ
मनभरि चाहना र आकांक्षा र चाहनाको पोको छ
उडी-उडी चन्द्र छुने मेरो धोको छ ।
२०५७/४/८
5 प्रतिक्रिया:
i support u.. thts not fair..
साहरै सरल र मिठास भाब छ कवितामा
तपाईको लेखाइमा म जादू नै पाउछु ।
अलिक साहित्यिक गति बढाउने कोसिस गर्नु हुन्छ की?
.... सबै धोको हरु पूरा हुन ... ।
यस्तै हुन्छ हाम्रो नेपालमा! स्रष्टालाई नगन्ने संस्कार बसेको छ। तपाईँले यो कुरालाई अझ सशक्त ढंगले उठाउनुहुनेछ भन्ने आशा छ।
कति विडम्बना ! आफूले दिएको बेला कुनै चासो नदिएर पछि चोर बाटोबाट त्यसलाई अन्यत्र भजाउने खेती । यस्ता चोर बाटोलाई पक्रिएर अरूको सम्पत्तिबाट आफ्नो दुनो सोझ्याउनेहरूलाई यसैगरी खोतलखातल गर्नैपर्छ । त्यसबारे सोधखोज गर्नुहोला, बौद्धिक ठगीको अघित झन् चुप बस्ने कुरे छैन ।
यो त सरासर चोरी हो नि सृजनाको । नेपालका साहुहरु सृजनाको मोल बुझदैनन् हामी त्यसको विरुद्धका गतिविधिका विरुद्ध बोल्दैनौं ।
Post a Comment