
त्यहाँ झुप्रो-छाप्रो थिएन
त्यहाँ ठूलो महल थिएन
उत्रै/उस्तै थिए सबै
सानो-ठूलो घर थिएन
मागी हिँड्ने ‘माग्ने’ थिएन
पैसा लुकाउँदै भाग्ने थिएन
सबले पेट भर्न पाउँथे
भोकाउने/डकार्ने कोही थिएन
विद्यार्थी कुट्ने गुरु थिएन
पढ्न बोझिला किताब थिएन
बगैँचामा पुतलीझैँ रमाउँथे विद्यार्थी
जेलजस्तो स्कूल थिएन
गधाझैँ जोतिने मजदूर थिएन
काम ठग्ने कुनै अल्छी थिएन
बीउ छर्थ्यो किसान, भित्र्याउँथ्यो बाली
भकारी भर्ने जिमिन्दार थिएन
लाग्नेबाट हेपिने स्वास्नी थिइन
स्वास्नी कुट्ने लोग्ने थिएन
नारी-पुरुष एकसाथ हुन्थे
दुईबीच कुनै फरक थिएन
सहयोगी थिए मान्छे
झैँ-झगडा कतै थिएन
सबै मान्छे समान थिए
भेदभाव छँदै थिएन
सबै मिली बनाउँथे नियम
नियम मिच्ने कोही थिएन
दुःख थिएन, कष्ट थिएन
लोभ-लालच, इर्ष्या थिएन

त्यहाँ अग्लो हिमाल थिएन
त्यहाँ होचो पहाड थिएन
साँचो चित्र त्यो प्रजातन्त्रको
अग्लो-होचो ठाउँ थिएन ।
4 प्रतिक्रिया:
एकदम सटिक !
धेरै नै राम्रो कविता !!!
तपाईंको सिर्जना हरु त पक्कै राम्रा होलान ... तर टेम्प्लेट नै अति कडा भएर पढ़न नै सकिएन यार
राम्रो लाग्यो । पढ्दा नै आनन्दको अनुभव भयो । " प्रजातन्त्र सांच्चै यस्तो थियो है " जस्को भाव आयो ।
Post a Comment