Pages

Saturday, April 4, 2009

तिमीले कस्तो कुरा ग-यौ ?




रातलाई दिनमा बदल्ने कुरा ग-यौ
अँध्यारोलाई उज्यालो बनाउने कुरा ग-यौ
बस्तीहरू छट्पटाइरहेकै छन् अन्धकारमा अझै
तिमीले कुन दीपावली मनाउने कुरा ग-यौ ?

तारालाई जमिनमा झार्ने कुरा ग-यौ
धरतीलाई झलिमिली पार्ने कुरा ग-यौ
आँखा हुँदै बाँच्नुपरेको छ दृष्टिविहिन जीवन
कुरैकुराले समस्यालाई टार्ने कुरा ग-यौ ।

5 प्रतिक्रिया:

Dilip Acharya said...

एकदमै सटिक, छोटो तर तिखो र पूर्ण।

Yumesh Pulami said...

कुरै गर्नेहरुको मात्र जमात ठुलो भो
माया पिरतिमा -
आकाश को तार खसाल्ने
भन्ने जस्तै
चुनाबको बेला - नेताको जस्तो पारा भो
हेर्ने र कुरा मात्र गर्ने को जमात हो - यो दुनिया सारा |

Yumesh Pulami said...

स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै -

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म नव बर्ष २०६६ को उपल्क्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद

friendlyniraj said...

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना

Anonymous said...

Nice composition!

I Wish you and all the readers of this blog a happy new year 2066 filled with good health, new hope and new beginnings!

Post a Comment