Pages

Tuesday, April 14, 2009

नआए हुन्छ



रुझेका आमाका परेली
पुछ्न सक्दैनस् भने
दुःखी जीवनको सुखद् सपना
बुझ्न सक्दैनस् भने
सक्दैनस् भने
कुनै नयाँ युगको गीत गाउन
सक्दैनस् भने
आफैँ नयाँ बनेर आउन
ए, नयाँ वर्ष !
तँ मेरो आँगनीमा नआए हुन्छ
कसैले नयाँ वर्षको नाममा
पुरानै गीत नगाए हुन्छ ।


सानो बाबुको भोको पेटमा
अन्नको गेडो हाल्न सक्दैनस् भने
सानी बहिनीको जीउको लुगामा
परेको प्वाल टाल्न सक्दैनस् भने
सक्दैनस् भने
अन्धकार जीवनमा उज्यालो छर्न
सक्दैनस् भने
रित्तो जीवनलाई खुसीले भर्न
ए, नयाँ वर्ष !
तँ मेरो घरमा नछिरे हुन्छ
फर्केर जा
फेरि कहिल्यै नफिरे हुन्छ ।

10 प्रतिक्रिया:

वसन्त बलामी said...

अन्धकारमा उज्यालो ल्याअोस् । दुखिका अँाशु पुछ्ने बनोस् नयाँ वर्ष ।

Dilip Acharya said...

सबैले 'स्वागत' मात्रै गर्ने नयाँ बर्षलाई तपाईले भने सर्त सहित आउन भन्नू भएको रहेछ । मलाई पनि चित्त बुझ्यो ।
जे होस, शुभकामना !!!

शेखर के सी said...

म पनि यहि भन्छु , सक्दैनस भने नआइज नयाँ वर्ष नेपलीलाई हरेक वर्ष झुठो आशवासन लिएर ।

Basanta said...

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!!!

Unknown said...

एकलयात्री जी तपाईंको प्रोफाईल हेर्दा आज मलाई धेरै खुशी लाग्यो, धेरै धेरै भावनाको गहिराईमा डुबेर कोर्नु भएको शब्द चयन उत्कृष्ट छ, आगमी दिनहरुमा पनिअरु पढ्न पाउँ।

बिमल गिरी said...

Yatri jee,
Happy New Year 2066 to you and your family.

nepaldiary said...

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!!!

Unknown said...

जे होस तपाँईले सारै चित्त बुझ्ने कुरा गर्नु भो।। ढिलै भए पनि नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।

Anonymous said...

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!!!

Rasmin said...

एकदमै राम्रो कबिता अनी तपाईंको बिचार पनि यसरी नै राम्रो बिचार हरु राख्दै जानुहोस् है !

Post a Comment