Thursday, October 29, 2009

डरछेरुवाहरू



भाग्यमाथि रिस पोख्छन्
लड्न डराउँछन्, पुर्पुरो ठोक्छन्
जीवन जीउनु व्यर्थ ठान्छन्
दुःखलाई कर्मको लेखा मान्छन्
समाधान भेट्दैनन्
समस्याविरुद्ध सिन्को नभाँच्नेहरू
जसोतसो जीवन चलाउँछन्
केवल मर्न डराएर बाँच्नेहरू ।

थोरै खुसीमा धेरै मात्तिन्छन्
धैर्य गुमाउँछन्, दुःखमा आत्तिन्छन्
आफ्नै दुःखलाई ठूलो मान्छन्
झुन्डिन्छन् पासोमा या विष खान्छन्
कल्पनामा हराउँछन्
सत्यदेखि डर्नेहरू
अनाहकमा जीवन फाल्छन्
बाँच्न डराएर मर्नेहरू ।

5 प्रतिक्रिया:

आशा said...

जीवनका रीतहरु देखि टाढा भाग्ने खोज्नेहरुको लागि डरछेरुवाको नाम दिई सुन्दर प्रस्तुतिको निम्ती धन्यवाद ...

राजेश बुढाथोकी 'नताम्स' said...

जीवन र समस्या देखि हारेर भाग्नेहरुका लागि कस्सिलो छ कविता । निकै राम्रो लाग्यो । अन्तिमको पंक्ति चाहिँ सार्है मन पर्यो ।

थोरै खुसीमा धेरै मात्तिन्छन्
धैर्य गुमाउँछन्, दुःखमा आत्तिन्छन्
आफ्नै दुःखलाई ठूलो मान्छन्
झुन्डिन्छन् पासोमा या विष खान्छन्
कल्पनामा हराउँछन्
सत्यदेखि डर्नेहरू
अनाहकमा जीवन फाल्छन्
बाँच्न डराएर मर्नेहरू ।

chudamani said...

सकरात्मक शिर्जना !

Ashesh said...

चुडामणि दाईसँग पुर्ण सहमत । आज खाँचो छ त केवल optimism को । विशेषगरी युवा पुस्तामा ।

इन्द्र पुन मगर said...

एकदमै राम्रो कबिता सर