
भाग्यमाथि रिस पोख्छन्
लड्न डराउँछन्, पुर्पुरो ठोक्छन्
जीवन जीउनु व्यर्थ ठान्छन्
दुःखलाई कर्मको लेखा मान्छन्
समाधान भेट्दैनन्
समस्याविरुद्ध सिन्को नभाँच्नेहरू
जसोतसो जीवन चलाउँछन्
केवल मर्न डराएर बाँच्नेहरू ।
थोरै खुसीमा धेरै मात्तिन्छन्
धैर्य गुमाउँछन्, दुःखमा आत्तिन्छन्
आफ्नै दुःखलाई ठूलो मान्छन्
झुन्डिन्छन् पासोमा या विष खान्छन्
कल्पनामा हराउँछन्
सत्यदेखि डर्नेहरू
अनाहकमा जीवन फाल्छन्
बाँच्न डराएर मर्नेहरू ।

6 प्रतिक्रिया:
जीवनका रीतहरु देखि टाढा भाग्ने खोज्नेहरुको लागि डरछेरुवाको नाम दिई सुन्दर प्रस्तुतिको निम्ती धन्यवाद ...
जीवन र समस्या देखि हारेर भाग्नेहरुका लागि कस्सिलो छ कविता । निकै राम्रो लाग्यो । अन्तिमको पंक्ति चाहिँ सार्है मन पर्यो ।
थोरै खुसीमा धेरै मात्तिन्छन्
धैर्य गुमाउँछन्, दुःखमा आत्तिन्छन्
आफ्नै दुःखलाई ठूलो मान्छन्
झुन्डिन्छन् पासोमा या विष खान्छन्
कल्पनामा हराउँछन्
सत्यदेखि डर्नेहरू
अनाहकमा जीवन फाल्छन्
बाँच्न डराएर मर्नेहरू ।
सकरात्मक शिर्जना !
चुडामणि दाईसँग पुर्ण सहमत । आज खाँचो छ त केवल optimism को । विशेषगरी युवा पुस्तामा ।
एकदमै राम्रो कबिता सर
प्रस्तुती बेजोड छ । यस्तो हो मित्र, जीवदेखि निराश भएकाहरुका लागि हामीकहाँ राम्रो परामर्श दिने व्यवस्था छैन । अनि असजिलोमा परेकाहरुलाइ यस्तरी हिर्काउनु पनि क्रुरता हुनसक्ला ।
Post a Comment