Pages

Monday, September 14, 2009

स्कूल जान ऊ मानेन

उठ्छु, पढ्छु, कपडा फेर्छु
सफा-सुग्घर भै ऐना हेर्छु
टिफिनसाथको झोला भिरी
स्कूल जान्छु टम् टम् टम्
              -युद्धप्रसाद मिश्र



‘स्कूल जान्छु टम् टम्’ भन्दै हिजोसम्म
झोला बोकेर पढ्न जाने ऊ
था’छैन आज किन रोक्यो
न खायो पस्केको भात
न लायो लुगा
न त रमाएर झोला नै बोक्यो
‘के भयो उस्लाई’
‘किन यस्तो भो आज’
खै कसैलै जानेन
जति फकाउँदा पनि
जति कर गर्दा पिन
स्कूल जान ऊ मानेन ।

खेल्दै नखेल्दा पनि
टी.भी. हेर्दै नहेर्दा पनि
गर्नुपर्ने पाठ धेरै हुन्थ्यो
सबै पाठ सकिन्नथ्यो कैल्यै पनि
‘किन पाठ नगरेको ?’
कुन गुरुले सोध्नुहुन्थ्यो र
एक-एकलाई उभ्याएर बेन्चमाथि
लट्ठीले पिट्नुहुन्थ्यो जहिले पनि
बिनसित्तिमा गुरुहरुबाट कुटाइ खानु
उसले राम्रो ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



पिट्न मात्र जानेका गुरुहरुबाट
मायाको आश राख्नु उसले बेकार भएछ
कसरी पढ्न सकिन्छ र मनमा डर बोकेर
पढ्न स्कूल आउनु पनि व्यर्थै भएछ
कुन गुरुले डोरीले बानेन र उसलाई
कुनले हातमा घाउ हुने गरी हानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

बुझ्नै गाह्रो थियो जति बुझाउँदा पनि गुरुले
त्यसैले पढाइमा ऊ पछि पर्थ्यो
सोधेरै भए पनि बुझ्न चाहन्थ्यो ऊ तर
धेरै सोध्यो भनेर गुरु रिसाउने गर्थ्यो
कक्षाका साथीहरुमाझ गुरुबाट बेइज्जत हुन
उसले निको ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



गुरुलाई खुसी पार्न गुरुबाट माया पाउन
सकेसम्म ऊ मेहनत गर्थ्यो
पाठ गरेको दिनमै पनि
सबै मिलाएको बेलामा पनि
एक न एक खोट गुरुले देखाएरै छोड्थ्यो
जति राम्रो गर्दा पनि कहिल्यै कसैले
‘राम्रो ग-यौ’ भन्न जानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

7 प्रतिक्रिया:

HAWA said...

स्कुल मा बच्चा कुटने कममा कक्षा मा पढाउने गुरु लाई मात्र दोश दिनु अली अन्याए नै होला

महगा बोर्डिङ भनिने स्कुल मा पनि सानो कोठा मा थुप्रै बच्चा हुन्छन

अब बच्चाहरु ले त चक्चक गर्ने नै भए चक्चक गर्दा हो हल्ला हुने सानो ठाउँ भएकोले पेन्सिल जस्ता तिखा साधन ले घोच्ने, पढन डिस्टर्ब हुने आदी हुन्छ

तेसैले गुरुलाई गाली मात्र गर्ने हैन स्कुल को मालिक लाई कक्षा कोठा ठुलो र बस्ने ठाउँ फरकिलो बनाउन पनि दबाब दिनुपर्‍यो

friendlyniraj said...

तपाइँको कुरा सही छ । पिट्छु नै भनेर कुन टिचर स्कूल आउँछन् र ? स्कूलका मालिकका कारणले हुने असुविधालाइ टिचरको मायाले कम गर्न सकिन्छ । त्यसो त स्कूल जागिरबाट निकालिने डरले कक्षा कन्ट्रोल गर्नकै लागि पनि हातमा लट्ठी लिनु कतिपय टिचर बाध्य हुन्छन् । कृपया http://merosirjana.blogspot.com/2008/11/blog-post_19.html पोष्ट पढेर प्रतिक्रिया दिनुहोला ।

दिनेश राज said...

मिठो कबिता अनि संबेदनशिल बिषय । अनि सजिलो उपाय चाहि स्कुल फेर्दिनुस् हाहा, सरकारीमा पढ्नै पर्ने बाध्यता भएका बाहेकलाई त छानि छानी स्कूल छदैं छ नि ।

friendlyniraj said...

विद्यार्थी कुट्ने स्कूल सरकारी नभएर बढी मात्रामा नीजि नै हुन् । बालबालिका राम्रा कामको प्रशंसा चाहन्छन्, गाली र आलोचना होइन । माया चाहन्छन् ठूलाबाट, सजाय होइन ।

chudmani said...

ज्यादै जीवनोपयोगी रचना ! बच्चाले भन्दा ठुलाले सिक्नुपर्ने कुरा हुन् यी हाम्रोमा | रमाइलो लाग्यो |
धन्यबाद |

Dilip Acharya said...

ठूला बच्चाहरु (विद्यार्थीहरुलाई) फाट्ट फुट्ट पढाए पनि साना बच्चाहरु पढाएको अनुभव भने, आफ्नै बच्चा पढाएको मात्रै रहेकोले बच्चा कुट्नु पर्ने कारण र वाध्यताका बारेमा केही थाहा छैन । तर कविता भने मन छुने लाग्यो !!!

Anonymous said...

शिक्षण पध्दति change नभएसम्म विद्यार्थी नकुटी पढाउन सकिन्न मित्र । जेहोस् कविता यथार्थपरक छ ।

Post a Comment