
आकास्सिएको महँगीले जनतालाई थिच्दा पनि
पेटी हिँड्ने यात्रुलाई कार आई किच्दा पनि
धन्न हामी जिउँदै छौँ
नमरुन्जेल बाँचौँ साथी
किन लिनू व्यर्थ टेन्सन
सबै बिर्सी हाँसौँ साथी ।
बाढी आई खेतबारी पानीसँगै बग्दा पनि
हट्या छैन लोडसेडिङ बर्षा झरी लाग्दा पनि
पीर, चिन्ता छोडिदिऊँ
सन्ततिलाई साँचौँ साथी
गाईजात्रा हेरौँ देशको
उफ्री उफ्री हाँसौँ साथी ।
भोको पेटमा भात खाँदा पखालाले मर्दा पनि
सीमानाको जंगे पिल्लर रातारात सर्दा पनि
‘हैन’ भन्दै डम्फू ठोक्छ
उसकै तालमा नाचौँ साथी
रोकौँ आँसु, लुकाऊँ पीडा
मरी मरी हाँसौँ साथी ।
11 प्रतिक्रिया:
Woh!!!
Kya mazzko.........
हाँसौं भनेर पढ्न थालेको त जत्ति पढ्यो उत्ती टन्सन पो भो त !
तर अब यस्तै रहेछ भनेर हाँस्नेको विकल्प पनि छैन जस्तो छ ।
राम्रो हो तर हास्न खोज्यो, हास्नै आएन। अब यो पिडामा पनि हास्न पर्यो भने त फेरि कहिल्यै हास्न नपाईएला भन्ने पिर पर्यो त।
दिलिपजीले भने जस्तै दु:खमा पनि, पीडामा पनि हास्नुको बिकल्प छैन जस्तो पो लाग्यो त हा हा
नेपालमा बाह्रै महिना ३६५ दिन गाईजात्रा हेर्दा हेर्दा थाकेका आँखाले तपाई ले पनि लौ गाईजात्राको कुम्लो कसेर ल्याईदिनु भयो एकलयात्री जी धन्यबाद।
हाँसौ कसरी नेपालको गाइजत्रा हाँस्ने होइन टेन्सन हुने खालको छ Dilip जी ले भन्नुभए जस्तै
म पनि हाँस्नै भनेर छिरेको हो हुन त सबैलाई जस्तै भयो मलाई पनि ।
एकल यात्री जी यो यथार्तमा जमेको हाम्रो देशको पिडा संग खै कसरी हाँसु ।
विमल जी ... जात्रा जात्रा मै सिमित होस ........... अरुको दम्फुको तालमा होइन ... आफ्नै भाकामा ..रम्न पाऊ |
गुड सट ..... हान्नु भएको छ ... कोण मै झर्ने गरी !
एकल यात्रीजी, सान्दर्भिक लाग्यो | जीवनकै रमाएलो पक्ष वा समस्याका बारेमा लेखिएको साहित्य जीवनकै उपयोगिताका लागि जानेर वा नजानेर
पुन पुन प्रयोग त भएकै होला | हुन्छ नै | जीवनको बिरुद्दमा लेखिएका साहित्य पनि जीवनकै लागि प्रयोग गर्न पनि सकिन्छ | हास्न खोजे पनि बिष्मयले भरिएको भावले हाँस्नै दिएन खालि गम्भीर मात्र बनायो |
किन आउछ गाइजात्रा गिज्याउदै हाम्रो नियति,
यस्ता झुठा हासोहरु लिएर ?
हाँसि हाँसि रोइरहे , गीत पो याद आयो त ।यो दुखमा हाँस्न सक्नु पनि नेपाली को बाध्यात्मक बिशेषता ।
jati padyo uti nai padu padu lagx sir ko srijana haru. wonderful..
Post a Comment