Pages

Tuesday, July 7, 2009

को हो तपाई ?




मैले ‘अ’ भन्दा
ऊ ‘अनार’ भन्दै कराउँथ्यो
मैले ‘क’ बोल्दा
ऊ ‘कलम’ भन्दै चिच्याउँथ्यो
मैले 'A' सुनाउँदा
ऊ 'Apple' भन्दै उफ्रन्थ्यो

यात्राको एउटा मोडमा
भएको छ भेट फेरि
टाढा भइसकेका अनुहारका
जुधेका छन् आँखा फेरि

चंचल थियो ऊ
शान्त छ
बोलक्कड थियो ऊ
शिष्ट छ
म अझै मास्टर छु स्कूलको
उसको स्थान विशिष्ट छ



पढाउँदाका दिनहरु सम्झिँदै, गुन्दै
माया गर्दाका क्षणहरु सम्झिँदै, रमाउँदै
गाली गर्दाका पलहरु सम्झिँदै, खुम्चँदै
म सोध्छु
‘बाबु के छ?’
ऊ हेर्छ पुलुक्क मेरो अनुहारमा र बोल्छ
‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’

9 प्रतिक्रिया:

बेदनाथ पुलामी ( उमेश ) said...

त्यो त अहम भाव भएका ब्याक्तिहरुको स्वभाब हो सर ! शिक्षित बर्गमा चेतना हराएको संकेत |
कतै आफैले दिएको शिक्षामा पो - खोट थियो की ?
छोटा शब्द मै भए पनी यथार्थ लाइ बर्णन गर्न सफल छ तपाईका हरफहरु | धन्यबाद !

Dilip Acharya said...

तपाइको कविताहरु प्राय: सबै नै मलाई घतलाग्ने र रोचक लाग्छन । यो पनि अलग छैन, तर माथी देख तलसम्म पढेपछी केहि मनमा लगेका कुर लेख्दैछु ।

चंचल थियो ऊ
शान्त
बोलक्कड थियो ऊ
शिष्ट

भन्ने हरफले 'ऊ' पात्रमा घमण्ड वा अहम भएको देखाउँदैन तर अन्तमा

‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’

भन्ने शब्दहरुलाई कसरी बुझ्ने ?, 'ऊ' को कृतघ्नता वा कमजोर स्मरणशक्ति ।

Premi said...

कविता छोटो र चोटिलो लाग्यो । मेरो विचारमा कविले यहाव कृतघ्नताले ग्रस्त रोगी चेला पुस्ताको चरित्र उदाङ्गो पारे जस्तो लाग्यो । देख्दाखेरि भद्र ठहरिने मान्छेभित्रको खास अनुहार बताएको छ यसले । सरल र तिक्खर कविताको लागि यात्री जीलाई धन्यवाद ।

B.J. Dummali said...

Malai ta photo haru sandarbhik laagyo saathai lekhaai pani.

एकल यात्री said...

दिलिपजी
तपाईंको समालोचनायुक्त प्रतिकृयाको लागि धन्यवाद। तर
स्वभाव र व्यवहार फरक कुरा हुन् । आफ्नो ब्यक्तिगत जीवनमा असलहरु पनि अरुसँगको व्यवहारमा फरक भएको धेरै अनुभव छन् मेरो जीवनमा । आफ्ना आमाबुवालाई माया गर्ने मानिस पनि अरुको अगाडि आमाबुवा भनेर चिनाउन लाज मानेका उदाहरण हाम्रा सामु नभएका होइनन् ।

wordflows said...

हिजो आज शिक्षा ब्याबसायिक बन्दैछ तेसैले पनि शिक्षक प्रतिको आदर हराउदै गैरहेको हो जस्तो मलाइ लाग्छ।

दूर्जेय चेतना said...

यस्तै हुन्छ आजकल। शायद बढी पेसेबर भएर होकी सबै आफ्नो आफ्नो ठाँउमा। यथार्थता बोकेको छ कबिताले। लिने र दिने मात्र हुदै छ यो पेशा र त यस्तो हुदैछ् राम्रो लाग्यो है।

Rasmin said...

लेख्हरु धेरै राम्रो छ नेपालीहरु कुनै पनि थाउमा कमी छैन जस्तो लाग्छ ।

Milan said...

शिक्षामा खोट हो कि ति मान्छेको स्वाभाव नै उस्तो हो... केहि नि केहि गडबडी अबश्य छ ...

तितो भए नि बास्तबिकता यस्तै हो, गम्भीर ढंगले कवितामा उतार्नु भएको रहेछ, धन्यबाद है ..

Post a Comment