मिल्कायौ मैनबत्तीका बचेका टुक्राहरू फोहोरसँगै
छेक्दाछेक्दै,
खन्यायौ मट्टीतेलहरू नालीमा
लाग्दैमा घाम
कहाँ हट्छ र अँध्यारो सँधैका लागि ?
हुँदैमा बिहान
कहाँ भाग्छ र रात नफर्किने गरी ?
कुनै पनि समय
छोप्न सक्छ कुहिरोले धरती
जुनसुकै बखत
ढाक्न सक्छ बादलले आकाश
सम्झाउँदा सम्झाउँदै,
चुँडायौ बिजुलीका तारहरू घरबाट ।

हेर,
फेरि डुब्दैछ सूर्य
हुँदैछ कालो रात
भित्रिसक्यो अँध्यारो
तिम्रो घरमा
भन,
अब कसरी लड्छौ तिमी अँध्यारोसँग ?
2 प्रतिक्रिया:
कविता ले यथार्त बोकेको छ एकल यात्री जी। धन्यबाद! पढने अवसर दिनुभएकोमा
कटु यथार्थको सशक्त प्रस्तुति! सुन्दर कविता पढ्ने मौका दिनुभएकोमा हार्दिक धन्यबाद!
Post a Comment