Pages

Friday, June 10, 2011

मेरो computer



चल्दाचल्दै झ्याप्प बन्द हुन्छ
चलाउँदा चलाउँदै थप्प रोकिन्छ
keyboard ले type गर्नै छोड्छ
mouse सर्दै सर्दैन
सधैँजसो hang हुन्छ
आजभोलि मेरो computer ले
भनेजस्तो काम गर्दै गर्दैन ।

boot हुनै घन्टौँ लाग्छ
program खुल्न उस्तै कुर्नुपर्छ
काम गर्दागर्दै response गर्न छोड्छ
न end हुन्छ चलिरा program
न नयाँ start हुन्छ
सारै लोसे भएको छ
memory थप्दा नि speed नै बढ्दैन
खुल्दाखुल्दै restart हुन्छ



program भनेर download गरिएकाहरू
virus देखा परेपछि
महत्त्वपूर्ण data हरू
सबै ध्वस्त गरेपछि
deepfreeze ले बचाउनै सकेन
scan गरेर नि virus नै हटेन

त्यसैले,
उडे उडोस् data
मेटिए मेटियून् document
हटाएर पुरानो system
पुरै नयाँ भर्छु अब
antivirus को भरै भएन
full format नै गर्छु अब ।

2 प्रतिक्रिया:

Keshab Ghimire said...

मेरो दिमाग अनि तपाइको कम्प्युटरको समस्या उही रहेछ बरु मलाई मेरो दिमाग पनि FORMAT गर्न मिल्ने कुनै उपाए भए बताई दिनुस न सारै गारो परि राको छ |

Jotare Dhaiba said...

full format नै हो कम्प्युटर पुरानै अवस्थामा ल्याउने विकल्प, जुन मान्छेहरूमा भएको ह्‌याङ र भाइरसको लागि प्रयोग गर्न सकिन्न ।

Post a Comment