
घरमा झगडा परे सडकमा जाऔँ
'जिन्दावाद' 'मुर्दावाद' नारा लाऔँ
सबले विरोध गर्न पा'छ
ऐले देशमा लोकतन्त्र आ'छ
ढुङ्गा हानौँ, टायर बालौँ
रेलिङ भत्काऔँ, सडकमा फालौँ
चित्त नबुझ्या पोख्न पा'छ
ऐले देशमा लोकतन्त्र आ'छ
बन्द गरौँ, चक्का जाम गरौँ
भत्काउने, बिगार्ने काम गरौँ
जीत हुनेछ हाम्रै था'छ
ऐले देशमा लोकतन्त्र आ'छ
8 प्रतिक्रिया:
प्रसंग र भावनाहरुले मुलुकको वास्तविक हरकतलाइ उदांग पारिदिएको छ , जून तपाईको ससक्त पक्ष नै हो भन्नु पर्छ ।
यसमा भावनाहरू धेरै राम्रा छन सब्दहरु पनी सही छन शैली चाहि नमिले को हो की?
तर साची पहिलाको जस्तो अलिक चोतिलो जस्तो चाहि भएन जस्तो लागेको छ ।
प्रयासहरुलाई निरंतरता दिनुहोस है ।
आँखा खोली हेर्दा जे देखेँ ।
कलम समाती त्यै लेखेँ ।
सधैँ उही नहुन सक्छ ।
शब्दले कैलेकाँही नछुन सक्छ ।
सल्लाह, सुझाव पाइरहूँ ।
तपाइँसँग मित्रता लाइरहूँ ।
तपाईको प्रतिउतरको लागी - म सँग त्यस्तो लययात्मक शैली त छैन ।
तर तपाईको लेखाईको शैली मलाई मनपर्छ । लेख्न नछाडनु होला ,आफु भित्र लुकेका प्रतिभा हरुलाई -फस्टाउन दिनु होला ।
तपाईंको प्रत्यक पाइला पाइलामा
सफलताले चुमोस। श्रीजनामा कमी
नआओस। शुभकामना।
Ramro ....hamile tapaiko blogsite lai www.sahityasuskera.blogspot.com ma link gareka chhau hernuhola
तितो वर्तमानको गुलियो प्रस्तुति! अरु पनि जाओस् एकल यात्रीजी!
happy new year 2009 2u.
I wish that may this year brings peace and joy to all of us
Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR
Post a Comment