
छैन हात, गोडा छैन
अपाङ्ग भन्छौ तर
गर्छु विरोध अन्यायको
जान्न संघर्ष पर
छैन त दृष्टि यी आँखामा के भो
बुझ्दछु म संसार
छैन जिब्रो तैपनि शोषणको
गर्छु म प्रतिकार
बलिया छन् पाखुरी ती तिम्रा
उठ्दैनन् जनपक्षमा
गोडा डराउँछन् अप्ठेरोमा
के पुग्ला त्यो लक्ष्यमा
देख्नै नसक्ने गरीबको दुःख पीडा
ती आँखा भएर के भो ?
बोल्नै सक्दैन यदि सत्य न्याय भने
त्यो जिब्रो भएर के भो ?
कमजोर शरीर छ मेरो तर
हृदय छ विश्वासको
बलियो शरीर तिम्रो कामै गर्दैंन
भन अपाङ्ग को हो ?
सन्दर्भः अपाङ्ग दिवस
२०५७/१०/८
3 प्रतिक्रिया:
शब्दहरु खेलाउन र केलाउन जान्ने साथी -तपाईको भावना र कलमको मसिको दम सशक्त र बेजोड़ रहेछ -यस्तै छन्द बिहीन भावनाहरुले मेरो मन छुन्छ । लेख्दै जानुस ....तपाई सफल हुनुहुने छ ।
Hello,
Namaskar.shabda ra bimba sanga miyeti lagauna tapai nikai sipalu hunuhudo rahechha.khusi lagyo.sampresan garirahanuhola.Belgium
Namaste dai gajab ko ko banaunu bhaeko rahechha sirjana haru ramra chhan , but tapaile thorai sirjana matra rakhnu bhayo jasto chha ali thapdai januhola hai
Post a Comment