
पूर्वको मधुरो घाम फेरिएकै छैन
बदलियो नारा तर काम फेरिएकै छैन
नयाँ केही भएकै छैन
पुरानो केही गएकै छैन
अनि कुन मनले व्यक्त गरूँ खुसी ?
गर्नु परेकै छ अप्ठेरोको सामना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
जातीय, वर्गीय भेदभाव उही छ
गरीबी, भोकमरी र अभाव उही छ
शान्ति अझै हराएकै छ
थीर छैन मन डराएकै छ
विश्व बढेको छ जग बसाल्न चन्द्रमामा
हाम्रो युग फेरिएन, उही छ जमाना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
उस्तै छ रीति, थिति बदलिएन
हटेन कुचलन, संस्कृति बदलिएन
सडकमा जिन्दावाद, मुर्दावाद छ अझै
पुरानै नेपालको स्वाद छ अझै
भत्काएर पुराना, नयाँ बनाउन
अझै बाँकी नै छ कोर्न योजना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
२०६५/०९/१७
(January 1, 2009)
5 प्रतिक्रिया:
Yatri jee,
atinai ramro chha.lagatar agadi badhirahanu hola hai.Happy New Year 2009.
यात्री जी को यात्राहरु
यात्रा भै दौडिरहुन
मसिहरू बगे झै
विना अबरोध , निस्फिक्री ।
जाजा जे जे भए पनी
आफु नया नौलो हुदै जानू छ
तपाई एक भए पछि
- म अर्को हुन के बेर
एक/एक भएर नै त
-दुई हुन्छ नि!
हिसाब नै गर्ने हो भने पनी
अरुले आफुलाई होइन
आफैले आफ्नो खूबी प्रयोग गर्ने बानी बसालौ भन्ने शुभकामना दिनु पर्छ साथी !!!
बास!
चुप लागेर बस्ने - रमिते
नहुने शुभकामना दिनु पर्छ साथी !!!
उस्तै छ रीति, थिति बदलिएन
हटेन कुचलन, संस्कृति बदलिएन
सडकमा जिन्दावाद, मुर्दावाद छ अझै
पुरानै नेपालको स्वाद छ अझै
यथार्थ त यहि नै हो जुन तपाईले लेख्नु भयो। तर पनि हामिसंग सपना मात्रै छैनन्, सपना पुरा गर्ने ईच्छा शक्ति पनि छन। हालको स्थितिमा खुशि हुनु पर्ने त केहि छैन, तर स्थिति सधैं यस्तै हुन्छ भन्ने पनि केहि छैन।
यस्तो राम्रो कविता बनाउन नआए पनि मेरो तर्फबाट पनि नया बर्षको हार्दिक शुभकामान !
हत्तेरीका। म ड्याङडुङ/एकदम सोझै शुभकामना भन्छु है यात्री जी। अरु त ढंग पुग्दैन। लौ त ढिलै भएनि सन् २००९ को शुभकामना।
Hawa rokiyala bahana
Ghamle birsela Udauna
Bagna Chhadla Paani
Banda huna sak6 Baatoharu
Rokine Chhaina Akshar ka Parra haru
Niraj Dai Tapaiko Kavita sachhai Kavita jastai lagchha malai lekhna nachhadnu hola .
Post a Comment