
तैंले कुचो फालिस्, मैले जुत्ताले हानेँ
तैंले डाडू उचालिस्, मैले जिस्केको ठानेँ
तँ त साँच्चै रिसाइछस्, भैगो अलि पर सरौँ
एक एक स्टेप तल झरौँ, आइज बूढी वार्ता गरौँ।

मलाई चित्त नबुझेको म भन्छु, तेरो कुरा तँ भन्
सबको मनको कुरा बुझौँ, बोला हाम्रो daughter son
कोलाहल भो वातावरण, दुवै मिली शान्ति छरौँ
रिस थामौँ एकैछिनलाई, आइज बूढी वार्ता गरौँ।
वार्ताबाट मिलिसके कत्रा–कत्रा कुराहरू
हाम्रो पनि समाधान वार्ताबाटै सुरु गरौँ
समस्यालाई हटाउन दुवै मिली लागी परौँ
डाडू फाल्, कलम समात्, आइज बूढी वार्ता गरौँ ।
२०६४
7 प्रतिक्रिया:
हो वार्ता गरौँ !
यसैगरि सबैले कुरो बुझे कति राम्रो हुन्थ्यो होला !
लु यसो चैँ गर्न पाइएन है । यो त सरासर चोरी भयो । अर्जुन पराजुलीको कवितासङ्ग्रह 'आन्द्रालोक'को पहिलो कविता 'आइज बुढी स्कूल खोलौँ' मा सबै कुरा छ । त्यहि स्कूल खोलौँको ठाउँमा वार्ता गरौँ लेख्न पाइएन ॥
हो वार्ता गर्नै पर्छ है । तर कविता कसको हो ? उजेली जी को कुरो मा दम छ । वार्ता गरेर मिलाउँ है । साक्षी चाहोए कटुवाल छ हाजिर !
यात्री जी को यात्रा काहा नेर किन रोकियो या किन ढिलाई भयो भनेर कुरी रहे'थे ....राम्रै प्रसंग र सन्देश ल्याउनु भएको रहेछ अनि उजेली जी ले संदेह गर्नु भएको छ त्यो त म जान्दीन तर यदि कपि नै भए पनी तपाइले आफ्नो भूमिका लेखेर बताउन सक्नु हुन्थियो - स्रोत : भनेर ।
मलाई लाग्छ कपि नहोला सायद झन्डै मिल्न मात्र खोजेको होला ! संयोग बस ।
नराम्रै भए पनी आफ्नै मौलिक सिर्जना मा रामाउनु नै उचित - जून आफु र आफ्नो आत्मा हो त्यसलाई नमारौ -त्यो नै आफ्नो हिचान हो नि , हैन र ? आउनुस र सधै साहित्यिक संसार मा रमाउ संगै -हामी सबै ।
अर्जुन पराजुलीका कविता मलाई राम्रो लाग्छ । सम्भवतः उनको कविता 'आइज बुढी स्कूल खोलौँ' मैले डामाडोल डट कम मा पढेको हुनुपर्छ । उनको कविताका शब्द मलाई याद छैन । उजेलीजीको प्रतिक्रिया पढेपछि उनको कविता फेरि पढ्न खोजेँ, भेटिनँ ।
अर्जुन पराजुलीको कविता सम्झिएर यो कविता लेखिएको हैन ।
शैली मिल्न गएको हुन सक्छ, कवितै चोरेको हैन ।
हुन न अर्जुन पराजुलीको त्यो कविता गद्यमा छ र धेरै लामो पनि छ । तर ठ्याक्कै नै त्यहिजस्तो लाग्छ पढ्दा । अलि समसामायिक विषयवस्त हालेर त्यसैलाई नै पद्य बनाएजस्तो !! जे होस् तपाईँले त्यस्तो गर्नुभएको होइन भने त राम्रो हो !!
dherai ramro x sir.keep it up.
Post a Comment