
नमिलेको समाज मिलाउनु छ भने
दुःखीलाई सुख दिलाउनु छ भने
फाल्नु छ यदि समाजका कुतत्वलाई भने
गाल्नु छ पुराना संस्कारलाई भने
पुराना चिन्तन गल्नुपर्छ
थोत्रा विचारहरु जल्नुपर्छ
त्यसैले
आँधी आउनुपर्छ हूरी चल्नुपर्छ ।
घरमा नयाँ छानो छाउनु छ भने
गरीबको शासन ल्याउनु छ भने
फेर्नु छ यदि संसारलाई भने
हेर्नु छ यदि सुनौलो बिहान भने
युगौँको बन्धन चुँडाल्नुपर्छ
दासताको जन्जिर छिनाल्नुपर्छ
त्यसैले
नयाँ क्रान्ति थाल्नुपर्छ
एक जुट भइ मुठ्ठी उचाल्नुपर्छ ।
भेदभावको अन्त्य गर्नु छ भने
समानताको लागि लड्नु छ भने
लाउनु छ यदि जनतासँग प्रीत भने
गाउनु छ यदि स्वतन्त्रताको गीत भने
कलमलाई जोडले समाउनुपर्छ
समाजमा उथलपुथल ल्याउनुपर्छ
त्यसैले
सरितासरि बगेर पुग्दैन कविता
बाढी बनेर आउनुपर्छ ।
7 प्रतिक्रिया:
..............
कलमलाई जोडले समाउनुपर्छ
समाजमा उथलपुथल ल्याउनुपर्छ
त्यसैले,
सरितासरि बगेर पुग्दैन कविता
बाढी बनेर आउनुपर्छ ।
हो यात्री जी,
तपाईको यो उत्साह र जोशको बाढी उमार्ने कविता
हामीले त सुन्यौं अब तिनलाई पनि सुनाउनु पर्छ ।
कुनै कुरामा परिबर्तन र नौलो अनुभुती गर्नु छ भने पुरानो कुरामा परिमार्जन गर्नु पर्ने कुरा एकातिर तपाईंको कबिताले बोलेको छ भने अर्कोतिर हाम्रो समाजमा रहेका कुन कुन कुरामा अझै आँधी आउन बाँकी छ भन्ने कुराको पनि संकेत छ। एकदमै मन पर्यो तपाईंको यो कबिता। अझ राम्रो राम्रो पढ्न पाइयोस।
ho niraj sir saritasari bagera pugdaina.
Badhi banera bagnu parcha.
kabita sandarvik cha yestai srijana ko srijana hos kamana.
यात्री जी का यी शब्दहरु पनी निकै जोसिला रहेछन -
हेरौ यी भेलहरुले
कस्लाई बगाउदो रहेछ - शहर की किनार को बस्ती ?
हुरीहरूले
कस्लाई उडाउदो रहेछ - महल की झुपडी !!!
हुन त यहा - अकल्पनीय कायापलट हुनु छ !
त्यसैले त तपाई कै शब्दमा - भनौ न त :
"सरितासरि बगेर पुग्दैन कविता
बाढी बनेर आउनुपर्छ"
गरिबको जीवनको सास हो मेरो कविता
महलको विरोधी अनि झुपडीको आश हो मेरो कविता
एकदम सही छ, कविता को आशय !
हो बाढि बनेरै आउनुपर्छ ।
मलाई चित्त बुझ्यो यात्री जी को कबिता । जोश र जागरले भरिएको छ ।
Post a Comment