Monday, November 30, 2009
बाध्यता
थुन्छु, अग्ल्याउँछु घरका ढोका र झ्यालहरू
टाल्छु, बन्द गर्छु भित्ताका भएभरका प्वालहरू
तैपनि मध्यरातमै ब्यूँझिन्छु र ख्वार् ख्वार् आवाज सुन्छु
यसरी नै दुःख दिन्छन् प्रत्येक रात मूसाहरूले
त्यसैले आजभोलि दिनमै समेत सुत्न बाध्य हुन्छु ।
वर्ग/समूहः
कविता,
टुक्राटाक्री
Subscribe to:
Post Comments (Atom)
8 प्रतिक्रिया:
हा हा हा !
हैन, दिउँसो चाँहि सुत्न दिन्छन् र भन्या ?
छोटो तर निकै चोटिलो र बेजोडको लाग्यो यो टुक्रा ।
साह्रै रमाईलो लाग्यो...हा हा...
गज्जब! साह्रै सटीक!
हा हा।। रमाईलो रहेछ।
एकलजी बाध्याता भनेर किन हार्ने ?
अब दिनभर सुत्ने र रातभर मुसा मार्ने
कुनैलाई ट्रयापमा पार्ने कुनैलाई पानीमा झार्ने
यति गर्दापनि नभए बरू त डेरै सार्ने |
एकलजी बाध्याता भनेर किन हार्ने ?
अब दिनभर सुत्ने र रातभर मुसा मार्ने
कुनैलाई ट्रयापमा पार्ने कुनैलाई पानीमा झार्ने
यति गर्दापनि नभए बरू त डेरै सार्ने |
चुडामणि जी ले पनि गजबको comment हान्नु भएछ ।
Anyway Ekal Ji, I have added u in my blog list ...hope u ll add me too in ur blog list ....
www.ametya.blogspot.com
एकल यात्री जी, हेर्दा सानो कुरा जस्तो लाग्छ तर यो तपाई को कविता मात्र होइन भन्ने मलाई राम्रो संग थाहा छ.. कुनै समय हाम्रो कोठामा सयौ मुसाहरु ले राज्य गरेका थिए.. अहिले सोच्दा अनौठो लाग्छ
अझै पनि म/हामि बेला बेलामा मुसा पिडित हुन्छौ.. रातभरी खत्राक खुत्रुक गरिरंछान.. कुटु कुटु चामल टोकी रंछ्न.. किन हो किन मुसा छ भन्ने थाहा पाउने बित्तिकै निद्रै लाग्दैन.. कहिले आफैलाई दिक्क लाग्छ.. मुसा मा ध्यान नदिए पनि हुन्छ भन्ने था हुन्छ.. फेरी पनि सकसक लाग्छ
कहिले सोच्छु मान्छेको कोठामा मुसा लागेको हो कि मुसा को घरमा मान्छेले गुड बनाएको हो ?
रातमा सुत्न पनि नपाउने यो हाम्रो कस्तो नियति हो ?
Post a Comment