आमाबुबाले भने, ‘असल छोरा बन्’
शिक्षकले भने, ‘असल विद्यार्थी बन्’
दाइदिदीले भने, ‘असल भाइ बन्’
साथीभाइले भने, ‘असल मित्र बन्’
समाजले भन्याे, ‘असल मान्छे बन्’
अलिकति ढाँट छल नगरी हाँस्नै नसकिने रहेछ
अलिकति बेइमानी नगरी बाँँच्नै नसकिने रहेछ
बुझ्दैछु,
यो समाजमा ‘असल’ बन्नु सबैभन्दा खराब कुरो रहेछ ।
0 प्रतिक्रिया:
Post a Comment